पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेलगत्तै दोषी ठहर रहेका  ओलीलाई पक्राउ गर्न प्रहरी शनिबार बिहान निवासमै पुगेको हो ।

ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । जसमा ७६ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *