सुन तोलामा १४ हजार ६ सयले बढ्यो

 

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा  १४ हजार ६०० रुपैयाँले बढेको छ भने चाँदी पनि तोलामा  चार सय १५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९२० कायम भएको छ ।

हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५०५ कायम भएको थियो ।

गत सोमबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४२५ कायम भएको थियो भने आइतबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ५४० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६०० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *