फराकिलो जित निकाल्दै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, यस्तो बन्यो क्वाटरफाइनल समीकरण

एजेन्सी । बार्सिलोना युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा न्युक्यासल युनाइटेडलाई ७-२ गोलले तथा समाग्रमा ८-३ गोलले हराउँदै बार्सोलोनाले अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

स्पोटिफाइ क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन राफिन्हा र रोबर्ट लेवान्डोस्कीले समान दुई/दुई गोल गर्दा मार्क बेर्नाल, लामिने यामाल र फेर्मिन लोपेजले समान एक/एक गोल थपे । न्युक्यासलको लागि एन्थोनी एलान्गाले दुई गोल फर्काए । खेलको छैटौँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई दोस्रो खेलमा शुरूवाती अग्रता दिलाएका थिए ।

१५ औँ मिनेटमा एलान्गाले गोल गर्दै न्युक्यासललाई १-१ गोलको बराबरीमा ल्याएका थिए । १८ औँ मिनेटमा बेर्नालले गोल गर्दै बार्सिलोनालाई २-१ गोलको अग्रता दिलाएका थिए । २८ औँ मिनेटमा एलान्गाले व्यक्तिगत दोस्रो गोल गर्दै न्युक्यासललाई फेरी २-२ गोलको बराबरीमा ल्याएका थिए । पहिलो हाफको इन्जुरी समयमा यामालले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३-२ गोलको अग्रता दिलाए ।

५१ औँ मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनालाई ४-२ गोलको अग्रता दिलाएका थिए । ५६ औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई फराकिलो जिततर्फ अगाडि बढाएका थिए । पाँच मिनेटपछि लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ६-२ गोलको अग्रता दिलाएका थिए ।

यस्तै ७२ औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई खेलमा ७-२ गोलले तथा समाग्रमा ८-३ गोलले पराजित गरेको हो । यसअघि भएको पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो ।

अब बार्सिलोनाले क्वाटरफाइनलमा स्पेनिस प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडको समान गर्नेछ । एट्लेटिको म्याड्रिडले अन्तिम १६ मा टोटेन्हाम हट्सपरकौउ ७-५ गोलले पराजित गरेको थियो ।

अन्य अन्तिम १६ को खेलका नतिजा
पेरिस सेन्ट जर्मन ८-२ चेल्सी

गालाटासारे १-४ लिभरपुल

रियल म्याड्रिड ५-१ म्यानचेस्टर सिटी

एटलान्टा २-१० बायर्न म्युनिख

बोडो ३-५ स्पोर्टिङ सिपी

बायर लेभरकुसेन १-३ आर्सनल

क्वाटरफाइनलको खेलहरु
पेरिस सेन्ट जर्मन विरुद्ध लिभरपुल

रियल म्याड्रिड विरुद्ध बायर्न म्युनिख

बार्सिलोना विरुद्ध एट्लेटिको म्याड्रिड

स्पोर्टिङ सिपी विरुद्ध आर्सनल

Leave a Reply

Your email address will not be published. Required fields are marked *