एन्फा महिला लिगमा आर्मी र संकटाको विजयी शूरुवात

काठमाडौं । सहिद स्मारक एन्फा महिला लिग २०८२ मा त्रिभुवन आर्मी फूटबल क्लब र संकटा क्लब विजयी भएका छन् । बुधबार दिउँसो भएको खेलमा झापा एफसीमाथि ५-० गोलको सहज जित निकाल्दै आर्मीले लिगमा विजयी शुरूवात गरेको हो ।

च्यासल स्टेडियममा भएको खेलमा आर्मीलाई जित दिलाउन अन्जना थुलुङ राईले दुई गोल गर्दा दीपा शाही, हिमा चौधरी र तुलसा बोहोराले समान एक/एक गोल थपे ।

आजै भएको उद्धाटन खेलमा संकटा क्लबले न्युरोड टिम(एनआरटी)लाई ४-० गोलले पराजित गरेको हो ।

जितसँगै आर्मी र संकटाले समान एक/एक अंक जोडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *