सिरहा–१ मा रास्वपाका बब्लु गुप्ता निर्वाचित

सिरहा । सिरहा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बब्लु गुप्ता विजयी भएका छन् । गुप्ता ४१ हजार ३३३ मतसहित विजयी भएका हुन् ।

मतपरिणाम अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरी ९ हजार ७८४ मत ल्याए। नेकपा एमालेका रामशङ्कर यादवले सात हजार ८६६ मत प्राप्त गरे ।

नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र यादवले दुई हजार ८५३ मत पाउँदा जसपा नेपालका सत्यनारायण यादवले दुई हजार २८५ मत पाएका छन् ।

नवनिर्वाचित सांसद गुप्ता अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *