काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १ सय क्षेत्रमा विजयी भएकोे छ । आज बिहान ६:३० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले २५ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।
निर्वाचन आयोगका अनुसार हालसम्म १२९ स्थानको मतगणना सार्वजनिक भएकोमा नेपाली कांग्रेसले १४ क्षेत्रमा जित हासिल गरेको छ भने दुई स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) सात स्थानमा विजयी हुँदा चार स्थानमा अगाडि रहेको छ ।
आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म ६ उम्मेदवार विजयी भएका छन् भने एक स्थानमा अग्रता लिएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् । यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा छन्।
