धनकुटा । प्रतिनिधिसभा सदस्यमा धनकुटाबाट नेकपा (एमाले) का राजेन्द्रकुमार राई विजयी भएका छन् । उनले १८ हजार १३२ मत प्राप्त गरे ।
विजयी राईका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत पाए । यस्तै श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९३२ मत तथा रास्वपाका दिनेश भण्डारीले नौ हजार ९४४ मत प्राप्त गरे ।
विजयी राईलाई निर्वाचन अधिकृत हरिषचन्द्र इङ्नामले प्रमाणपत्र प्रदान गरे । जिल्लामा कुल एक लाख १८ हजार ४२५ मतदाता रहेका छन् । निर्वाचनमा तीन स्वत्रन्त्र र १४ दलसहित १७ उम्मेदवार चुनावी मैदानमा थिए ।
