काठमाडौं । ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेबे विजयी भएका छन् । १३ हजार ९६२ मत प्राप्त गरी थेबे विजयी बनेका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले ११ हजार ७११ प्राप्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्रीले ६ हजार ७७५ मत पाउँदा श्रम संस्कृति पार्टीका सन्तोष राईले ५ हजार २०९ र राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत पाएका छन् ।
