सिन्धुली-२ मा रास्वपाका गजुरेल निर्वाचित

सिन्धुली । सिन्धुली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल निर्वाचित भएका छन् । गजुरेल १७ हजार ९४० मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का उम्मेदवार लेखनाथ दाहाल (राजन) ले १४ हजार ७८० मत प्राप्त गरेका छन् ।

यसअघि यो क्षेत्रबाट दाहाल निर्वाचित भएका थिए । त्यस्तै नेकपा एमालेका उम्मेदवार मनोजजंग थापाले ११ हजार ६०६ र नेपाली कांग्रेसकी सुशीला थिङले ६ हजार ७६० मत ल्याएकी छन् ।

नेकपाबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका महेश्वर दाहालले ५ सय ८६ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *