काठमाडौँ । डा पुष्पमणि खरालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्चामार्फत रास्वपाबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहले लेखेको पत्रको कारणले गर्दा आफू पार्टीबाट बाहिरिने निर्णय गरेको खरालले जनाएका छन् । विभिन्न सञ्चार माध्यममा लामिछाने र बालेनले लेखेको भनिएको पत्र सार्वजनिक भएपछि डा खरालले त्यही मेसो पारेर राजीनामा दिएका हुन् ।
भारतको सुरक्षा, सेना संख्या घटाउने कुरा, हिन्दू धर्मका लागि कुनै स्थान नरहने भनाई ‘सब ठीक हो जाएगा’भन्ने वक्तव्य, जेन–जी आन्दोलको बेला रवि लामिछाने जेलबाट विजय जुलुससहित बाहिरिनु, रास्वपाको पार्टी डीएनए (पारदर्शिता, जवाफदेहिता, प्राथमिक निर्वाचन) को विनाश लगायतका माथि उल्लेखित सबै कुराहरूलाई जोडेर हेर्दा रास्वपाबाट अलग हुने निर्णयमा पुगेको खरालले लेखेका छन् ।
अत्यन्त निर्दोष र इमानदार मन भएका मानिसहरूको सधैँ सम्मान गर्ने उनले बताएका छन् । आफूलाई महत्वपूर्ण पाठ सिकाउने सबैप्रति आभार व्यक्त गदै उनले नवलपुर २ र सम्पूर्ण नवलपुरबासीप्रति विशेष धन्यवाद दिएका छन् ।
