च्याम्पियन्स लिगको प्लेअफमा रियल म्याड्रिड विजयी

एजेन्सी । युईएफए च्याम्पियन्स लिगको प्लेअफमा रियल म्याड्रिड विजयी भएको छ । मंगलबार राति भएको प्लेअफको पहिलो लेगमा रियल म्याड्रिडले बेन्फिकालाई १-० गोलले पराजित गरेको हो ।

लिस्बोनमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन भिनिसियस जुनियरले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औँ मिनेटमा एम्बाप्पेको पासमा भिनिसियसले गोल गर्दै म्याड्रिडलाई शुरूवाती अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड १-० गोलले  विजयी भएको हो ।

अब दुई टोलीबीचको दोस्रो लेग २६ फेब्रुअरीमा हुनेछ ।

यस्तै गएरातिनै भएको अन्य खेलमा पीएसजीले मोनाकोलाई ३-२, डर्टमण्डले एटलान्टालाई २-० र गालाटासारेले युभेन्टसलाई ५-२ गोलले पराजित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *