टी-२० विश्वकपमा नेपालको पहिलो जित

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा नेपालले पहिलो जित निकालेको छ । मंगलबार बेलुकी सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेको हो ।

जितको लागि १ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालको लागि दीपेन्द्र सिंह एरीले अर्धसतक बनाए । उनले २३ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाउँदा कुशल भुर्तेलले ४३, आसिफ शेखले ३३, गुलसन झाले २४ र कप्तान रोहित पौडेलले १६ रन बनाए ।

स्कटल्याण्डको लागि माइकल लिस्कले ४ ओभरमा ३० रन दिएर तीन विकेट लिए ।

मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७० रन बनाएको थियो । स्कटल्याण्डको लागि माइकल जोन्सले अर्धसतक बनाए । उनले ४५ बलमा ८ चौका र तीन छक्काको मद्दतमा ७१ रन बनाए । यस्तै जोर्ज मुन्सेले २७, ब्राण्डन म्याक्मुलेनले २५ तथा मार्क वाट र कप्तान रिच ब्रेनिंगटनले समान १०/१० रन बनाए ।

नेपालको लागि सोमपाल कामीले ४ ओभरमा २५ रन दिएर तीन विकेट लिँदा नन्दन यादवले दुई विकेट लिए । रोहित पौडेल र कुशल भुर्तेलको नाममा एक/एक विकेट रह्यो ।

जितसँगै नेपाल ४ खेलबाट दुई अंक जोड्दै समूह ‘सी’को पुछारमा रह्यो भने समान दुई अंक जोडेको स्कटल्याण्ड तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *