स्कटल्याण्डविरुद्ध नेपाल टस जितेर पहिले बलिङ गर्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस जितेको छ । मुम्बईस्थित वान खेडे स्टेडियममा जारी खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर स्कटल्याण्डलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । वेस्ट इन्डिजविरुद्ध खेलेका करण केसीको स्थानमा सन्दीप जोराले मौका पाएका छन् ।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहित पौडेल(कप्तान), दीपेन्द्र सिंह एरी, आरिफ शेख, लोकेश बम, सन्दीप जोरा, गुलसन कुमार झा, सोमपाल कामी, सन्दीप लामिछाने, नन्दन यादव

Leave a Reply

Your email address will not be published. Required fields are marked *