बझाङ । बझाङको बुङ्गल नगरपालिका ८ मसनिसेराबाट चितुवाको १ थान छालासहित सोही नगरपालिका दासपाला बस्ने ४० वर्षीय रघुबीर बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।
चितुवाको छाला बोकी हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ र ईलाका प्रहरी कार्यालय बुङ्गलबाट खटिएको प्रहरीले उनलाई छालासहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
