काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत केहिबेरमा वेस्ट इन्डिजविरुद्ध हुने खेलमा नेपालले टस हारेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा केहिबेरमा शुरू हुने खेलमा वेस्ट इन्डिजका कप्तान शाई होपले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । इटालीविरुद्ध खेलेका ललित राजवंशीको स्थानमा सोमपाल कामी टोलीमा अटाएका छन् ।
नेपालको प्लेइङ ११ :– कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहित पौडेल(कप्तान), दीपेन्द्र सिंह एरी, आरिफ शेख, लोकेश बम, गुलसन कुमार झा, करण केसी, सोमपाल कामी सन्दीप लामिछाने, नन्दन यादव
