मनाङ आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

पोखरा । आहा रारा पोखरा गोल्डकप-२०८२ मा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ । बिहीबार दिउँसो भएको खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई २-१ गोलले हराउँदै मनाङ क्वाटरफाइनलमा पुगेको हो ।

पोखरा रंगशालामा भएको खेलमा मनाङलाई जित दिलाउन सुरेश कुमाल र रोनिश ढेके राजभाकले समान एक/एक गोल गरे । एपीएफको लागि युवराज राईले एक गोल गरे । खेलको ११ औँ मिनेटमा युवराजले गोल गर्दै एपीएफलाई शुरुवाती अग्रता दिलाएका थिए । ५७ औँ मिनेटमा रोनिशले गोल गर्दै मनाङलाई १-१  गोलको बराबरीमा ल्याए ।

यस्तै ७७ औँ मिनेटमा सुरेशले गोल गर्दै मनाङलाई २-१ गोलको जित दिलाएका हुन् । अब मनाङले क्वाटरफाइनलमा भारतको थन्डरबोल्ट नर्थ युनाइटेडको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *