नेपालद्वारा इटालीलाई सामान्य विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत जारी खेलमा नेपालले इटालीलाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ ।मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा नेपालले इटालीलाई जितको लागि १ सय २४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले १९.३ ओभरमा अलआउट हुँदै १ सय २३ रनमा समेटिएको हो । नेपालको लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । उनले २४ बलमा ३ चौका प्रहार गरे । यस्तै कप्तान रोहित पौडेलले २३ आसिफ शेखले २०, करण केसीले १८ र दीपेन्द्र सिंह एरीले १७ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

इटालीको लागि क्रिशन कालुगामागेले ४ ओभरमा १८ रन दिएर तीन विकेट लिए । यस्तै बेन मानेन्टीले दुई विकेट लिँदा अलि हसन र जेजे स्मुट्सले समान एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *