काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह एरीले पाकिस्तान सुपर लिग(पीएसएल) खेल्ने भएका छन् । बुधबार राति भएको अक्सनमा उनलाई इस्लामावाद युनाइटेडले अनुबन्ध गरेको हो ।
एसोसियट राष्ट्रका नम्बर एक अलराउन्डर दीपेन्द्रलाई इस्लामावादले पाकिस्तानी ६० लाख रुपैयाँ तथा नेपाली ३१ लाख रुपैयाँमा किनेको हो ।
दीपेन्द्र हाल आईसीसी टी-२० विश्वकपको लागि भारतमा रहेका छन् । उनले पहिलो खेलमा इंग्ल्याण्डविरुद्ध ४४ रन बनाएका थिए । यस्तै उनी टी-२० आईमा नेपालबाट दुई हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका थिए ।
दीपेन्द्रले यसअघि क्यानडाको ग्लोबल टी-२० लिग र यएईको आइएल टी२० लिग खेलेका थिए ।
