नेपाली क्रिकेट टीमले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झण्डा विश्वभर फहराउनेछः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले टी २० विश्वकपमा नेपाली टीमले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झण्डा विश्वभर फहराउने विश्वास व्यक्त गरेका छन् ।

आज इङ्ग्ल्यान्डविरुद्ध खेल्न लागेको नेपाली टोलीलाई शुभकामना दिँदै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘जारी आईसीसी टी २० विश्वकपमा आज हाम्रो गौरवशाली राष्ट्रिय टीमले इङ्ग्ल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ। अन्तर्राष्ट्रिय क्रिकेटमा छुट्टै पहिचान बनाइसकेको नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झण्डा विश्वभर फहराउनेमा म पूर्ण विश्वस्त छु।’

उनले हरेक बलमा र हरेक रनमा नेपाल नेपाली टीमसँगै रहने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘खेलाडीहरूको अथक परिश्रम, एकताबद्ध टिम स्पिरिट र मातृभूमिप्रतिको गहिरो समर्पणले हामी सबैलाई गर्व अनुभूति गराउँछ। हरेक बलमा, हरेक रनमा, हरेक विकेटमा सम्पूर्ण नेपाल तपाईंहरूसँगै छ । विजयको लागि हार्दिक शुभकामना !!’

मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे नेपाल र इंग्ल्याण्डबीचको खेल शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *