राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता आइतबारदेखि

काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही माघ २५ र २६ गते राष्ट्रिय बहिरा ११–ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सात प्रदेशका कूल आठ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बागमती प्रदेशबाट दुई टोलीको सहभागिता रहने  आयोजक ‘सुन्दरढोका साथी सेवा’ले जनाएको छ । प्रतियोगिताको पहिलो दिन चार खेल हुनेछन् । प्रतियोगिताको उपाधि विजेता टोलीले ट्रफिसहित रु ५० हजार, उपविजेताले ट्रफिसहित रु ४० हजार र तेस्रो हुने टोलीले रु ३० हजार प्राप्त गर्नेछ ।

आयोजक संस्थाकी कार्यकारी निर्देशक विजेता लुइँटेल अधिकारीले बहिरा फुटबल प्रतियोगितामार्फत बहिरा अपाङ्गता भएका फुटबल खेलाडीको प्रतिभा उजागर गरिनेछ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय बहिरा फुटबल प्रतियोगितामा सहभागी हुने वातावरण बनाउन समेत प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *