टी-२० विश्वकपको अभ्यास खेलमा आज नेपाल र क्यानडा भिड्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकपको अभ्यास खेलमा आज नेपाल र क्यानडा भिड्दैछन् ।  चेन्नईको चेपकमा हुने खेल दिउँसो १:१५ बजे शुरू हुनेछ ।

आज नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो अभ्यास खेलमा युएईलाई ७ विकेटले पराजित गरेको नेपाल आजपनि सोहि लयको अपेक्षामा रहेको छ ।  पहिलो खेलमा दिपेन्द्र सिंह एरी र आरिफ शेखले अर्धसतक पूरा गर्दै सतकीय साझेदारी गरेर नेपाललाई जितसम्म डोर्याएका थिए ।

सन् २०२४ मा भएको टी-२० विश्वकपको अभ्यास खेलमा क्यानडाले नेपाललाई ६३ रनले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *