एन्फा राष्ट्रिय लिगमा प्लानिङको चौथो जित

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा प्लानिङ ब्वाइज युनाइटेड विजयी भएको छ । बुधबार दिउँसो  भएको खेलमा फ्रेन्ड्स क्लबलाई २-० गोलले हराउँदै प्लानिङले लिगमा चौथो जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङलाई जित दिलाउन फागुराम थारुले दुई गोल गरे । फागुरामले दोस्रो हाफको ५२ औँ र ८० औँ मिनेटमा गोल गरेका हुन् ।

जितसँगै प्लानिङले ६ खेलबाट १३ अंक जोडेको छ भने फ्रेन्ड्सको समान खेलबाट ४ अंक रहेको छ ।

गएरातिनै भएको चित्लाङ एफसी र काक्रे बिहार युथ क्लबले २-२ गोलको बराबरी खेल्दै अंक बाढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *