काठमाडौं । पोखरामा जारी साफ यु-१९ महिला च्याम्पियनसिप २०२६ बाट नेपाल बाहिरिएको छ । बुधबार दिउँसो भएको अन्तिम खेलमा बंगलादेशसँग ४-० गोलले पराजित हुँदै नेपाल प्रतियोगितामा दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।
पोखरा स्टेडियममा भएको खेलमा बंगलादेशलाई जित दिलाउन अल्पी अक्तरले ह्याट्रिक पूरा गर्दा प्रोतिमा मुण्डाले एक गोल गरिन् । बंगलादेशले दुवै हाफमा दुई/दुई गोल गरेको हो ।
जितसँगै बंगालेश तीन खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । पराजित नेपाल भने तीन खेलबाट तीन अंक जोड्दै तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ ।
अब शनिबार हुने फाइनल खेलमा भारत र बंगलादेश प्रतिस्पर्धा गर्नेछन् ।
