काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत आज हुने आफ्नो पहिलो अभ्यास खेलमा नेपालले युएईविरुद्ध टस जितेको छ । चेन्नईस्थित एमए चिदाबराम स्टेडियममा हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर युएईलाई ब्याटिङको निम्तो दिएका हुन् ।
नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, लोकेश बम, दीपेन्द्र सिंह एरी, आरिफ शेख, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, नन्दन यादव
