साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

पोखरा । पोखरामा आजबाट शुरू भएको साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपाल पराजित भएको छ । शनिबार दिउँसो भएको आफ्नो पहिलो खेलमा नेपाल भारतसँग १-० गोलले पराजित भएको हो ।

पोखरा रंगशालामा भएको खेलमा भारतलाई जित दिलाउन पर्ल फेर्नान्डेजले एक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९ औँ मिनेटमा फेर्नान्डेजले गरेको गोलनै भारतको जितमा निर्णायक बन्यो ।

आजै भएको पहिलो खेलमा बंगलादेशले भुटानमाथि १२-० गोलको फराकिलो जित निकालेको थियो । जितसँगै दुवै भारत र बंगलादेशले समान तीन/तीन अंक जोडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *