काठमाडौं । एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेडले फराकिलो जित निकालेको छ । बुधबार दिउँसो भएको खेलमा नव जन जागृति युथ क्लबलाई ६-१ गोलले पराजित गरेको हो ।
जितसँगै चर्च ब्वाइजले चार खेलबाट ७ अंक जोडेको छ भने समान खेलबाट नव जन जागृति अंकविहिन रहेको छ ।
यस्तै आजै भएको अर्को खेलमा एनआरटीले संकटा क्लबलाई ३-१ गोलले पराजित गरेको हो ।
