एन्फा महिला च्याम्पियनसिप उदयपुरमा हुने

काठमाडौँ । आगामी चैत १ गतेदेखि एन्फा महिला लिग सुरु गर्ने सहमति भएको छ । बुधबार ‎एन्फा कम्प्लेक्स, सातदोबाटोमा महिला लिगमा सहभागी क्लबहरूसँग एन्फा महिला नकआउट प्रतियोगिता तथा एन्फा महिला लिग प्रतियोगिताका विषयमा भएको छलफलमा यस्तो सहमति जुटेको हो ।

‎‎छलफलपछि दुई पक्षबीच एन्फा महिला च्याम्पियनसिप नकआउट प्रतियोगिता पूर्व निर्धारण गरे अनुसार उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित थरुहट रङ्गशालामा यही फागुन १ गतेदेखि सुरु गर्ने सहमति जुटेको छ।

प्रतियोगिताका लागि उदयपुरमा सहभागी क्लबहरूलाई एन्फाले यातायात तथा बसोबास खर्च उपलब्ध गराउने छ । ‎छलफलमा एन्फा महासचिव किरण राई, कार्यसमिति सदस्य तथा महिला समिति संयोजक सरिला श्रेष्ठ मलेकु, कार्यसमिति सदस्य अनिल मल्ल, प्रवक्ता सुरेश शाह तथा सहभागी टोलीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *