काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा स्कटल्यान्डले आयरल्यान्डमाथि जित निकालेको छ ।
बुधबार त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा सम्पन्न सुपरसिक्स चरणको पहिलो खेलमा स्कटल्यान्डले जित निकालेको हो ।
आयरल्यान्डमाथि ३९ रनको जित हात पार्दै स्कटल्यान्डले खेल आफ्नो हातमा पारेको हो । सुरुमा टस हारेर फिल्डिङको निम्तो पाएको स्कटल्यान्डले पाँच विकेटको क्षतिमा १६० रन बनाएको थियो ।
स्कटल्यान्डकी सारा ब्राइसले ४७ रन जोडिन् भने क्याथरिन ब्राइसले २३ बलमा ३० रनको योगदान दिएकी हुन् । ।
जवाफी ब्याटिङमा उत्रिएको आयरल्यान्डले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाउन सक्यो । आयरल्यान्डलाई लक्ष्य भेट्टाउनबाट रोक्ने क्रममा स्कटल्यान्डकी क्याथरिनले चार विकेट लिएकी थिइन् ।
