एम्बाप्पेको दुई गोलमा रियल म्याड्रिड विजयी

एजेन्सी । फरवार्ड किलियन एम्बाप्पेको दुई गोलको मद्दतमा रियल म्याड्रिडले स्पेनिस लिग ला लिगामा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा भिल्लारियललाई २-० गोलले पराजित गर्दै म्याड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

इस्टाडियो डे ला सेरामिकामा भएको खेलको पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफको दोस्रो मिनेटमै एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई शुरूवाती अग्रता दिलाएका थिए । यस्तै इन्जुरी समयको पहिलो मिनेटमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई २-० गोलको जित दिलाएका हुन् ।

जितसँगै म्याड्रिड २१ खेलबाट ५१  अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । एक खेलकम खेलेको भिल्लारियल ४१ अंकको साथ चौथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *