काठमाडौं । साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले सहज जित निकालेको हो । बुधबार दिउँसो भएको खेलमा नेपालले पाकिस्तानलाई ५-१ गोलले पराजित गरेको हो ।
नेपाललाई जित दिलाउन मनिषा थापा मगरले दुई तथा रोशनी बोहोरा, दीपा राई र जेनिफर रानाले समान एक/एक गोल गरे ।
जितसँगै नेपालले पाँच खेलबाट सात अंक जोडेको छ । अब नेपालले अन्तिम खेलमा शुक्रबार भुटानको सामना गर्नेछ ।
