काठमाडौं । साफ फुटसल च्याम्पियनसिपमा नेपाल र पाकिस्तानले बराबरी खेलेका छन् । मंगलबार दिउँसो भएको खेलमा नेपाल र पाकिस्तानले ४-४ गोलको बराबरी खेलेका हुन् ।
बैंककको नोन्थाबुरी स्टेडियममा भएको खेलमा नेपालको कागी विक्रान्त नरसिंह रानाले दुई गोल गर्दा जेनिश प्रजापति र सुरज गुरुङले एक/एक गोल गरे । पाकिस्तानको लागि मुहम्मद इल्हाम, निसार हुसेन, आसिफ अहमद चौधरी र मुहम्मद हसन जाफर खानले समान एक/एक गोल ग गरे ।
खेलमा लिएको ३-० गोलको अग्रता जोगाउन नसक्दा नेपाल अंक बाढ्न बाध्य भएको हो ।
