राष्ट्रिय लिगमा मछिन्द्रको लगातार दोस्रो जित

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा मछिन्द्र फूटबल क्लबले दोस्रो जित निकालेको छ । सोमबार बेलुकी सम्पन्न खेलमा मछिन्द्रले मनाङ मर्स्याङ्दी क्लबलाई २-१ गोलले पराजित गरेको हो । मनाङको यो लगातार दोस्रो हार हो ।

त्रिपुरेश्वरस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रलाई जित दिलाउन सनिश श्रेष्ठ र जोनाथन जोरिल्लाले समान एक/एक गोल गरे । मांग को लागि विशेष लामाले एक गोल गरे ।

जितसँगै मछिन्द्रले दुई खेलबाट ६ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *