काठमाडौं । एन्फा राष्ट्रिय लिगमा न्युरोड टिम(एनआरटी) र लालीगुराँस एसोसियसन क्लब विजयी भएका छन् । सोमबार दिउँसो भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई ३-१ गोलले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीलाई जित दिलाउन विज्ञान खड्काले दुई र टिमोथी ओकेरेकेले एक गोल गरे । सातदोबाटोको लागि फोडे फोफनाले एक गोल फर्काए ।
आजै भएको पहिलो खेलमा लालीगुराँस एसोसिएसन क्लबले नव जनजागृति क्लबलाई ४-१ गोलले पराजित गरेको हो । एन्फा कम्प्लेक्समा भएको खेलमा लालीगुराँसलाई जित दिलाउन आशिष गुरुङले दुई गोल गर्दा अब्दुल युसुफ र एकोएटे जुनियरले समान एक/एक गोल गरे ।
जितसँगै एनआरटी र लालीगुराँसले समान तीन/तीन अंक जोडेका छन् ।
