राष्ट्रिय लिगमा जावलाखेल, एपीएफ र संकटा विजयी

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लब र विभागीय टोली नेपाल एपीएफ क्लब विजयी भएका छन् । आइतबार दिउँसो भएको खेलमा श्री भगवती क्लबलाई ४-० गोलले हराउँदै जावलाखेलले प्रतियोगितामा शानदार शुरूवात गरेको हो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेललाई जित दिलाउन निकोलस ह्यामिल्टन र धर्मेन्द्र कुँवरले समान दुई/दुई गोल गरे ।

आजै भएको अर्को खेलमा एपीएफले फ्रेन्ड्स क्लबमाथि १-० गोलको जित हासिल गरेको हो । एपीएफले एक गोल उपहार पाएको हो । पहिलो हाफको २५ औँ मिनेटमा खेमराज श्रेष्ठले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि एपीएफले पहिलो जित हात पारेको हो ।

यस्तै अर्को खेलमा संकटा क्लबले काक्रेबिहार क्लबलाई ४-० गोलले पराजित गरेको हो । जितसँगै जावलाखेल, एपीएफ र संकटाले समान तीन/तीन अंक जोडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *