गगन पक्षमा खुले पूर्वमन्त्री अधिकारी

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामनाथ अधिकारी पनि गगनकुमार थापाको पक्षमा खुलेका छन् । महाधिवेशनले उब्जाएको पार्टीको आन्तरिक विवादका बेला शेरबहादुर देउवापक्षमा देखिएका अधिकारीले आइतबार विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनलाई ग्रहण गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘पार्टीको विशेष महाधिवेशन तथा पार्टी सुधार र रूपान्तरणका मुद्दामा चलेका बहस तथा गतिविधिहरूलाई विचार मन्थनको स्वाभाविक अभ्यासका रूपमा ग्रहण गर्दै र तिनले परिपक्व परिणाम निकाल्न गरेको महत्त्वपूर्ण योगदानका रूपमा लिँदै पार्टीका धादिङका क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, पार्टी र भ्रातृ संस्था….लाई एकताबद्ध भएर पूर्ण ऊर्जा, उत्साह र सक्रियताका साथ पार्टीको संगठन विस्तार तथा सुदृढीकरण र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी र पार्टीले तय गर्ने उम्मेदवारका पक्षमा जनताका बीचमा केन्द्रित हुनुहुन अपिल गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *