म्यानचेस्टर डर्बीमा युनाइटेड विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । शनिबार बेलुकी सम्पन्न खेलमा युनाइटेडले म्यानचेस्टर सिटीलाई २-० गोलले पराजित गरेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन ब्रायन एम्बयूमो र प्याट्रिक डोर्गुले समान एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६५ औँ मिनेटमा एम्बयूमोले गोल गर्दै युनाइटेडलाई शुरुवाती अग्रता दिलाएका थिए । ७६ औँ मिनेटमा म्याथुस कुन्हाको पासमा डोर्गुले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाएका थिए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा युनाइटेड २-० गोलले विजयी भएको हो । जितसँगै युनाइटेड २२ खेलबाट ३५ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट ४३ अंक जोडेको सिटी दोस्रो स्थानमा रहेको छ । यससँगै माइकल क्यारिक मुख्य प्रशिक्षकको रुपमा फर्किएको पहिलो खेलमै जित हासिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *