एजेन्सी । एफए कपमा म्यानचेस्टर सिटी र चेल्सी फराकिलो अन्तरसहित विजयी भएका छन् । शनिबार राति भएको खेलमा एक्स्टरलाई १०-१ गोलले पराजित गर्दै सिटीले चौथो चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
इतिहाद स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन रिको लुइसले दुई गोल गर्दा म्याक्स एलेनी, रोड्री, एन्टोनी सेमेन्यो, टिजानी रेज्न्डर्स, निको ओ’रेली र रायन म्याकैडोले समान एक/एक गोल गरे । सिटीले दुई गोल उपहार पाएको हो । एक्स्टरको लागि जोर्ज बिर्चले सान्तवना गोल गरे ।
गएरातिनै भएको अर्को खेलमा चेल्सीले चार्ल्टनलाई ५-१ गोलले पराजित गरेको हो । चेल्सीलाई जित दिलाउन जोरेल हाटो, टोसिन अदाराबियो, मार्क गुइ, पेड्रो नेटो र इन्जो फर्नान्डेजले समान एक/एक गोल गरे । चार्ल्टनको लागि मिल्स लेबर्नले एक गोल गरे ।
