नेपाली युवतीमाथि एसिड प्रकरण: भारतीय पक्राउ


काठमाडौं । गएराति घरबाट सामान किन्न पसल निस्केकी एक युवतीलाई सीतापाइलामा एसिड प्रहार गर्ने दुई युवा पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौँ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् । उनीहरुलाई बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *