सवारी दुर्घटनामा क्रिकेट खेलाडी मिनेष थापाको मृत्यु

काठमाडौँ । सवारी दुर्घटनामा क्रिकेट खेलाडी मिनेष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक खण्डमा २७ वर्षीय थापाको मृत्यु भएको हो ।

विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब पौने १ बजेतिर अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले थापाको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभाशाली क्रिकेट खेलाडी गुमाएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *