काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवाल, योजना अधिकृत जितेन्द्र यादव र लेखा अधिकृत सर्वेन्द्र चौधरी छन्।
नगरसभाको माइन्युटमा कर्मचारीको हस्ताक्षर किर्ते गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रले बताए।
डिएसपी गौतमका अनुसार यादव र चौधरी शुक्रबार पक्राउ परेका थिए। त्यस्तै, जयसवाललाई भने आइतबार पक्राउ गरिएको उनले बताए।
नगरपालिकाका मेयर विजयशंकर यादवलाई प्रहरीले यसअघि नै नियन्त्रणमा लिई बयान लिइसकेको उनले बताए। उनलाई अहिले तारेखमा राखिएको हो।
