इलिमिनेटरमा लुम्बिनिविरुद्ध काठमाडौँले पहिले ब्याटिङ गर्दै

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत केही बेरमा सुरु हुने इलिमिनेटरको खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ रोजेका हुन्।

यस्तो छ प्लेइङ ११:
काठमाडौँ गोर्खाज : आकास त्रिपाठी, बेन चार्ल्सवर्थ,भीम सार्की, मिलिन्द कुमार, जोन सिम्पसन, मोहम्मद आदिल आलम, सन्तोष यादव, करण केसी (कप्तान), रसिद खान, सन्नी पटेल, शहाब आलम

लुम्बिनी लायन्स:- दिनेश अधिकारी, डार्सी शर्ट, रोहित पौडेल (कप्तान), निरोशन डिक्वेला, दिलीप नाथ, सन्दीप जोरा, जे जे स्मिट, रुबेन ट्रुम्पेलम्यान, शेर मल्ल, तिलक राज भण्डारी, अभिशेष गौतम

Leave a Reply

Your email address will not be published. Required fields are marked *