मानव बेचबिखनको आरोपमा सुवेदी पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलंका लगेर अलपत्र पार्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।
अभियुक्त सुवेदीले कुवेतमा घरेलु कामदारको रुपमा लैजाने भन्दै काठमाडौबाट नेपालगन्ज हुँदै भारतको नयाँदिल्ली पु¥याएर त्यहाँबाट चेन्नाई हुँदै श्रीलंका पु¥याएपछि ती महिला अलपत्र परेकी थिइन् । श्रीलंका पुर्याएपछि त्यहाँ सिरक खान र आलिक खानले आफ्नो साथमा राखेर घरबाट बाहिरसमेत जान नदिई थुनामा राखेको अवस्थामा श्रीलंकन प्रहरीले पक्राउ गरी १० महिना थुनामा राखेको थियो ।
ती महिला श्रीलंकन जेलमा रहेको थाहा पाएपछि कोलम्बोस्थित नेपाली दूतावासको सहयोगमा उनलाई नेपाल फर्काएको ब्युरोले जनाएको छ ।
ती महिलाको जाहेरीको आधारमा सुवेदीलाई पक्राउ गरी कारबाही अगाडि बढाएको ब्युरोले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *