कपडा वासिङ सेन्टरकी एक महिलाको ज्यान गयो

काठमाडौँ । भक्तपुरको सुर्यविनायक नगरपालिका-५ चुनदेवीस्थित लाइभ स्टार कपडा वासिङ सेन्टरकी एक महिलाको मृत्यु भएको छ।

आइतबार साढे १२ बजे वासिङ सेन्टरमा काम गर्ने दोलखा भिमेश्वर नगरपालिका-९ लाकुरीडाँडाकी ३८ वर्षीया कमला केसीको मृत्यु भएको हो।

महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीका अनुसार वासिङ मेसिनमा राख्ने केमिकल बनाउने क्रममा मेसिन भित्र घुम्ने रडमा पर्न जाँदा उनी घाइते भएकी थिइन्।

घाइते भएर अचेत अवस्थामा लडिरहेको देखेपछि उनलाई मध्यपुर अस्पताल ठिमीमा उपचारका लागि लगिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *