महिला भलिबलः पुलिस क्लब फाइनलमा

झापा । अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले ६–२५, १५–२५ र १७–२५ को सोझो सेटमा आर्मीलाई पराजित गरेको हो ।

खेलको ‘प्लेयर अफ दी म्याच’ पुलिसकी एलिसा मानन्धर भइन् । उनले नगद पाँच हजार र ट्रफी प्राप्त गरेकी छिन् । प्रतियोगिताअन्तर्गत अन्तिम सेमिफाइनल खेल आजै समूह ‘ए’ को विजेता एपिएफ र समूह ‘बी’ को उपविजेता न्यु डायमन्डबीच भएको छ ।

अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदान जारी प्रतियोगिताको फाइनल खेल आइतबार हुने सहआयोजक लक्ष्मी माविका अध्यक्ष वीरबहादुर राईले बताएका छन्। । झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो ।

प्रतियोगिताको विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख र तेस्रो हुने टोलीले रु ३० हजार पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिएका छन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार पाउँदा, प्रत्येक दिनको ‘प्लेयर अफ दी म्याच’ले रु पाँच हजार सहित ट्रफी प्राप्त गर्नेछन् । बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले जनही रु १० हजार र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *