काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा चितवनले पोखरालाई जितको लागि १ सय २१ रनको विजय लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २० रन बनाएको हो । खेलमा खराब शुरूवात गरेको चितवनले २.१ ओभरमा ७ रन जोड्दा शीर्ष तीन ब्याट्सम्यानलाई गुमाएको थियो । मध्यक्रममा ब्याटिङ गर्न आएका देव खनालले ३५, अल्पेश राम्जानीले ३३, कप्तान कुशल मल्लले २३ र सैफ जैबले १७ रन बनाउँदै चितवनलाई सम्मानजनक स्कोरमा पुर्याएका हुन् ।
पोखराको लागि धनन्जय लक्षनले तीन विकेट लिँदा विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले समान एक/एक विकेट लिए ।
