कुन समयमा नुहाउनु राम्रो, बिहान कि राति ?

कोही बिहान नुहाउन रुचाउँछन् भने कोही बेलुका। त्यसो भए कसले सही तरिकाले नुहाइरहेको छ त ? हामी बाँचिरहेको यो बढ्दो ध्रुवीकृत संसारमा एउटा प्रश्न छ जसले सायद हामीलाई अरूभन्दा बढी विभाजित गर्दछ- के तपाईँले बिहान सबैभन्दा पहिला गर्ने काम भनेको नुहाउने हो वा यो रातमा गर्ने अन्तिम काम हो? वा हुन सक्छ तपाईँ अमेरिकी जनसङ्ख्याको ३४ प्रतिशत मध्ये एक हुनुहुन्छ जसले दैनिक नुहाउनुहुँदैन।तपाईँ जुनसुकै कित्तामा भए पनि तपाईँको छनौटले तपाईँको स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने सोच्न सक्नुहुने छ।

कुन बढी फाइदाजनक

हामीमध्ये धेरैका लागि बिहान आँखा मिच्दै उठेपछि हामीले गर्ने पहिलो कामहरू मध्ये एक भनेको नुहाउने हो। बिहान नुहाउनुपर्छ भन्नेहरूको प्रायः तर्क हुन्छ कि तातो पानीमा १० मिनेट नुहाउँदा उनीहरूलाई उठ्न, ताजा महसुस गर्न र दिन सुरु गर्न मद्दत गर्दछ। यद्यपि, रातको समयमा नुहाउनेहरूको तर्क चाहिँ सुत्नुअघि नुहाउँदा दिनभरिको फोहोर पखाल्न मद्दत पुग्छ र आनन्दमय निद्रा पुग्छ भन्ने रहन्छ। त्यसो भए विज्ञानले के भन्छ जुन वास्तवमा हाम्रो लागि बढी फाइदाजनक छ ?

नुहाउँदा छालाबाट फोहोर, पसिना र चिल्लोपना निखार्न मद्दत गर्छ। प्रदूषण र धुलोका कणका कारण दिनभरिमा शरीरमा फोहोर जम्मा भएका हुन्छन्। यदि तपाईँले सुत्नुभन्दा पहिले नुहाउनुभएन भने त्यो फोहोर तपाईँको तन्ना र तकियामा जम्मा हुन्छ। तपाईँको छाला असाध्यै साना माइक्रोबियल लाइफले भरिएको छ। छालाको कुनै पनि भागलाई ‘जूम’ गरेर हेर्नुभयो भने तपाईँले त्यहाँ १०,००० देखि १० लाख ब्याक्टेरिया देख्नुहुनेछ।

तिनीहरूले तपाईँको पसिना आउने ग्रन्थिबाट निस्केको चिल्लो पदार्थ खान्छन्। पसिना आफैँ दुर्गन्धित हुँदैन तर स्टेफिलोककसजस्ता ब्याक्टेरियाले उत्पादन गर्ने सल्फरस कम्पाउन्ड भने पक्कै पनि दुर्गन्धित हुन्छ।

त्यसैले सुत्नुअघि नुहाउनु बढी स्वच्छ विकल्प जस्तो लाग्न सक्छ। जे होस्, सत्य त्योभन्दा बढी जटिल छ। यूनिभर्सिटी अफ लेस्टरका माइक्रोबायोलजिस्ट प्रिमरोज फ्रीस्टोन भन्छन्, ‘राति नुहाउँदा तपाईँ सफा र सफा ओछ्यानमा जानुहुन्छ, तर रातभर पसिना बग्न थाल्छ।’ फ्रीस्टोनका अनुसार चिसो मौसममा पनि मानिसको पसिना आउँछ र ५०,००० वा बढी छालाका कोशिकाहरूमा जम्मा गर्दछ।

‘तपाईँ अझै पनि एक प्रकारको पसिना, सूक्ष्म वातावरण सिर्जना गर्न जाँदै हुनुहुन्छ। त्यसलाई तपाईँको छालामा ब्याक्टेरियाले खान्छ र सानो स्तरमा शारीरिक गन्ध उत्पादन गर्छ। त्यसो भए राति नुहाएर सुतेपछि बिहान उठ्दा पनि तपाईँको शरीमा अझै पनि दुर्गन्ध आउँछ,’ फ्रीस्टोन भन्छन्।

ओछ्यानको सफाइ अनिवार्य

रातको समयमा नुहाउने फाइदाहरू पनि केवल तब मात्र लागु हुन्छन्, जब तपाईँ नियमित रूपमा आफ्नो ओछ्यान सफा गर्नुहुन्छ। ब्याक्टेरिया तपाईँको तन्ना, तकिया र सिरकमा हप्तौँसम्म बाँच्न सक्छ। ओसिलो ठाउँमा तपाईँको तकियामा पनि ढुसी आउन सक्छ। प्रतिरक्षा क्षमता राम्रो भएका व्यक्तिहरूले यस्ता माइक्रोबियल आक्रमणको सामना गर्न सक्छन्। तर गम्भीर दम भएका ७६ प्रतिशत व्यक्तिहरूलाई कम्तीमा ढुसीको एउटा प्रकारबाट एलर्जी हुन्छ।

ए. फ्यूमिगेटसले क्षयरोग वा धूमपानसँग सम्बन्धित फोक्सोको रोगबाट पीडित व्यक्तिहरूमा पुरानो फोक्सोको रोग निम्त्याउन सक्छ। यूकेको हल विश्वविद्यालयका वरिष्ठ लेक्चरर होली विल्किन्सन भन्छन्, ‘साँझमा नुहाउनुभन्दा तपाईँको तन्ना सफा गर्नु बढी महत्त्वपूर्ण छ किनभने तपाईँ नुहाएर ओछ्यानमा जानुहुँदा त्यो ओछ्यानमा एक महिनादेखि ब्याक्टेरिया र फोहोरहरू जम्मा भइरहेका हुन सक्छन्।’

यो एक समस्या हो किनकि लामो समयसम्म बस्ने धुलोका कारण एलर्जीको जोखिम बढाउँछ। यदि तपाईँलाई पहिल्यैदेखि नै फूल वा बिरुवाको पराग जस्ता कुराले एलर्जी हुन्छ भने तपाईँको ओछ्यान समयसमयमा सफा नगर्नुले तपाईँका लक्षणहरू अझ खराब हुने छन्। नियमित रूपमा फोहोर तन्ना भएको ओछ्यानमा जाँदा छालाको सङ्क्रमणको जोखिम बढ्न सक्छ – यद्यपि यसका लागि प्रमाणहरू भने निर्णायक हुन सकेका छैनन्।

निद्राका लागि फाइदा

रातको समयमा नुहाउनेहरू यसले उनीहरूलाई राम्रो निद्रा लाग्न मद्दत गर्ने तर्क गर्छन्। यसलाई पुष्टि गर्ने प्रमाणहरू पनि छन्। उदाहरणका लागि १३ वटा अध्ययनको नतिजासँग तुलना गर्ने एउटा विश्लेषणले सुत्नुभन्दा एक वा दुई घण्टाअघि १० मिनेट तातो पानीले नुहाउँदा निद्रा पर्न लाग्ने समय निकै कम हुने पत्ता लगाएको छ। यसले शरीरको तापक्रम फेरि चिसो हुनुअघि ‘सर्केडिअन’ सङ्केतका रूपमा हाम्रो शरीरलाई निद्राको लागि तयार हुन मद्दत गर्ने सम्भावना रहन्छ। यद्यपि यो पुष्टि गर्न फेरि पनि थप अनुसन्धान आवश्यक छ।

त्यसो भए यसले हामीलाई बिहान वा बेलुकी कुन बेला नुहाउनु राम्रो हो भन्ने प्रश्नमा कहाँ पुर्‍याउँछ त? फ्रीस्टोन बिहानको नुहाउनुलाई प्राथमिकता दिन्छन् किनकि यसले ओछ्यानबाट रातको समयमा आएको धेरै पसिना र सूक्ष्म जीवहरू हटाउँछ र तपाईँलाई दिनका लागि सफा र ताजा महसुस गराउँछ।

जे होस् तपाईँको निर्णयले तपाईँको स्वास्थ्यमा अति थोरै मात्र फरक पार्ने सम्भावना छ। तपाईँ रातमा सफा र ताजा महसुस गर्न चाहनुहुन्छ कि दिनमा भन्ने मात्रै फरक हो। ‘यदि तपाईँ दिनमा एक पटक नुहाउनुहुन्छ भने यसले वास्तवमै फरक पार्दैन कि तपाईँ दिनको कुन समयमा नुहाउनुहुन्छ,’ विल्किन्सन भन्छन्।

खासमा दैनिक तपाईँ मुख्य अङ्गहरूलाई सफा राख्नुहुन्छ भने स्वास्थ्य र स्वच्छताका लागि हप्तामा दुई पटक नुहाउनु पर्याप्त हुन्छ। ‘तपाईँ कस्तो प्रकारको काम गर्नुहुन्छ भन्नेमा पनि यो निर्भर गर्छ। त्यसैले यदि तपाईँ किसान हुनुहुन्छ भने उदाहरणका लागि तपाईँ सम्भवतः दिनको अन्त्यमा घर आउँदा नुहाउन चाहनुहुन्छ। तर मलाई लाग्छ सफा ओछ्यान राख्नु समग्रमा बढी महत्त्वपूर्ण छ,’ विल्किन्सन भन्छन्।

बीबीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *