चार्ल्सवर्थ र भीमको अर्धसतकमा काठमाडौंद्वारा पोखरालाई मध्यम विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । बेन चार्ल्सवर्थ र भीम शार्कीको अर्धसतकको मद्दतमा काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको हो । काठमाडौंको लागि चार्ल्सवर्थ र भीमले अर्धसतक बनाए । चार्ल्सवर्थले ५५ बलमा ५ चौका र दुई छक्काको मद्दतमा ६४ रन बनाउँदा भीमले विस्फोटक ब्याटिङ गर्दै ५५ रन बनाए । उनले २३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै मिलिन्द कुमारले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

पोखराको लागि धनन्जय लक्षनले ४ ओभरमा एक मेडन राख्दै १६ रन दिएर चार विकेट लिँदा कुशल भुर्तेलले दुई तथा विपिन खत्री र किरण ठगुन्नाले एक/एक विकेट लिए ।

अब काठमाडौंले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *