झापा । झापामा बुधबारदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् ।
अर्जुनधारामा भएको उद्घाटन खेलमा एपिएफले एभरेष्ट लुम्बिनी क्लबलाई पराजित गर्यो । एपिएफले एभरेष्ट लुम्बिनीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपिएफले ११–२५, १५–२५ र २२–२५ को सेटमा पराजित ग¥यो । खेलको ‘प्लेयर अफ द म्याच’ एपिएफकी नेविका चौधरी भइन् ।
आज भएको दोस्रो खेलमा न्यु डायमन्डले कोशी प्रदेश भलिबल टिमलाई ३–० को सोझो सेटमा पराजित गर्यो । न्यु डायमन्डले १४–५, ८–२५ र ९–२५ को सेटमा पराजित गरेको हो ।
खेलको प्लेयर अफ द म्याच न्यु डायमन्डकी जेनिसा विश्वकर्मा भइन् । उनलाई नगद पाँच हजार र ट्रफी प्रदान गरियो ।
भोलि बिहीबारको पहिलो खेल नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । दोस्रो खेलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
प्रतियोगितामा सहभागी छ टिमलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेष्ट र त्रिभुवन आर्मी छन् । त्यस्तै, समूह ‘बि’ मा न्यु डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस रहेका छन् । अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदान जारी प्रतियोगिताको फाइनल खेल मङ्सिर २१ गते हुनेछ ।
झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुने टोलीले ३० हजार नगद पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए ।
