काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले लुम्बिनी लायन्सलाई जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको हो । विराटनगरको लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाउँदा बासिर अहमदले २८, साम हेजलेटले २७, फाफ डु प्लेसिसले १२, प्रतिष जिसीले ११ र मर्चान्ट डे लान्गेले १० रन बनाए ।
लुम्बिनीको लागि शेर मल्लले तीन विकेट लिँदा जेजे स्मित, अभिशेष गौतम र रुबिन ट्रम्पेल्मनले समान एक/एक विकेट लिए । हाल लुम्बिनीले जवाफी ब्याटिङ गरिरहेको छ ।
