भरतपुर आँखा अस्पताललाई पाकिस्तानको सहयोग

काठमाडौँ । पाकिस्तानले भरतपुर आँखा अस्पतालको पूर्वाधार विकासका निम्ति १० लाख प्रदान गरेको छ ।

अस्पताल परिसरमा मङ्गलबार आयोजित एक कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

त्यस अवसरमा राजदूत हाश्मीले पाकिस्तानी सहयोगमा निर्मित अस्पतालको सुदृढीकरणका लागि निरन्तर सहयोग गर्न पाएकामा पाकिस्तान गर्वित रहेको बताउँदै यो सहयोग पाकिस्तान–नेपाल सम्बन्धका निम्ति महत्त्वपूर्ण स्तम्भका रूपमा चिरकालपर्यन्त स्मरणीय रहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *